कांग्रेसमा क्रियाशील सदस्यको विवाद तत्कालका लागि टुंगियो

0

काठमाडौं : महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा नेताहरुबीच देखिएको विवाद समाधान भएको छ । 

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या सहमतिमा नै टुंग्याउने सहमति भएको हो ।

क्रियाशील सदस्यताका बारेमा परेको उजुरी र गुनासो सहमतिमा नै टुङ्गाउने सहमति भएको कांग्रेस नेता एवं क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।

त्यस्तै अन्य दलबाट कांग्रेसमा समाहित भएका दलका सदस्यको नवीकरण पनि सहमतिमा नै गरिने उनको भनाइ छ । उनका अनुसार हालसम्म ४ लाख सदस्यले नवीकरण गरेका छन् भने ४ लाखको हाराहारीमा नै नयाँ सदस्यता इन्ट्री भएको छ । उनले क्रियाशील सदस्यताका बारेमा अब कुनै समस्या नरहेको जानकारी दिए ।

उनले तोकिएको समयमा नै महाधिवेशन र अन्य जिल्ला अधिवेशन हुने जानकारी पनि दिए । 

Leave A Reply

Your email address will not be published.