अब कोरोनाविरुद्धको खोप अभाव हुँदैन : प्रधानमन्त्री ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोनाबिरुद्धको खोप अभाव नहुने दाबी गरेका छन् ।

शनिबार प्रधानमन्त्री निबास बालुवाटारमा त्रिशुली–प्रसारण लाइन र सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा केही दिनभित्रै पर्याप्त कोरोनाबिरुद्धको खोप आउने दाबी गरेका हुन् ।

उनले खोप आउने बितिकै मुलुकका सवै स्थानमा समूह समूह बनाएर खोप अभियान नै सञ्चालन गर्ने बताए । यसअघि खोप ल्याउन समस्या भए पनि अहिले विभिन्न राष्ट्रसँगको पहलमा खोप आउन लागेको उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सकेसम्म छोटो अवधिमै सबैलाई खोप लगाउने र खोप पाइएन भन्ने स्थिति नहुने धारणा राखे । सडक सञ्जाल, हवाइ मैदान निर्माण गर्ने, रोजगारी सिर्जना गर्ने लगाएत बिकास निर्माणमा सरकारले उपलव्धीमुलक काम गरेको उनले बताए ।

प्रधानमन्त्री ओलीले चौतर्फी विकासको अभियान नै चलाएको जिकिर गरे । त्यस्तै प्रधानमन्त्री ओलीले उर्जा क्षेत्रमा पनि निकै विकास भएको बताए । प्रसारण लाइन बिस्तार नहुँदा उत्पादित विद्युतको उपभोगमा हुने समस्या अब नरहने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको समुन्द्रटार त्रिशुली ३ बी हब १३२  के.भी प्रसारण लाइन र सबस्टेशनको उद्घाटन गरेका हुन् । निर्माण शुरु भएको ५ वर्षमा सम्पन्न भएको २६ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन लक्ष्यभन्दा १ वर्ष ढिलो गरी सञ्चालनमा आएको हो । प्राधिकरणले त्रिशुली, रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न प्रसारण लाइन निर्माण गरको हो ।

Leave A Reply

Your email address will not be published.