चुनावका लागि अर्थ मन्त्रालयले दियाे ७ अर्ब ७२ करोड खर्च गर्न सहमति

0

काठमाडौं : अर्थ मन्त्रालयले प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक बजेट दिने सहमति जनाएको छ । मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको हो ।

सो बजेट निर्वाचन सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने समेत अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले २०७८ साल कार्तिक २६ र मङ्सिर ३ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनका विरुद्धमा परेको रिटमा भने सर्वोच्च अदालतमा बहस जारी रहेको छ ।

Leave A Reply

Your email address will not be published.