आगामी तीन दिन देशभर वर्षाको सम्भावना

0

काठमाडौं : आगामी तीन दिनसम्म देशभर पानी पर्ने तथा यस क्रममा कतिपय स्थानमा निकै ठूलो वर्ष हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी (ठूलो) वर्षा भइरहेको छ ।

अहिले बिहान पनि काठमाडौं उपत्यकासहित देशका धरै स्थानमा पानी परिरहेको छ भने प्रदेश १ विभागका अनुसार कम्तीमा आगामी ३ दिनसम्म मनसुन सक्रिय हुने र यस क्रममा कतिपय स्थानमा अति भारी वर्षासम्म हुने सम्भावना देखिएकाले सबैले सतर्कता अपनाउन आग्रहक गरिएको छ ।

बुधबार बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच सिन्धुलीमा कमला नदीमा ठूलो बाढी आएको र अझै बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । सिन्धुलीस्थित कमला नदी रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.