क्यानडामा अत्याधिक गर्मीका कारण ६९ जनाको मृत्यु

0

एजेन्सी : क्यानडामा अत्याधिक गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । क्यानडाको दक्षिणी प्यासिफिक उत्तरपश्चिमक क्षेत्रभरि तापक्रम बढिरहँदा ६९ जनाको मृत्यु भएको ब्रिटिस कोलम्बियाको प्रहरीले जनाएको छ ।

गर्मीका कारण ज्यान गुमाउनेमा अधिकांश ज्येष्ठ नागरिक रहेको बताइएको छ । ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६ दशमलब ६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७ दशमलब ९ डिग्री सेल्सियस पुगेको थियो ।

यो साता अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन ।

जोखिमयुक्त उमेर समूह वा स्वास्थ्य अवस्थाका व्यक्तिहरुका लागि हालको गर्मी घातक बन्ने देखिएको भन्दै स्थानीय प्रशासनले स्थानीय बासिन्दासँग आफूसँगै छिमेकीका बारेमा पनि ख्याल गर्न आग्रह गरेका छन् ।

अझै केही दिन तापक्रम उच्च रहने र तातो हावा चल्ने इन्भाइरोमेन्ट क्यानडाले चेतावनी दिएको छ ।

Leave A Reply

Your email address will not be published.