अमेरिकाको मायामीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ९ पुग्यो

0

एजेन्सी : अमेरिकाको फ्लाेरिडा राज्यकाे मायामी सहरमा १२ तले भवन भत्किँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्थानीय प्रशासनले अझै पनि १५० भन्दा धेरै मानिस बेपत्ता भएको बताएको छ ।

उद्धार कार्य जारी नै राखिएकाे सरकारी अधिकारीहरुको भनाइ छ । प्रशासनले धेरैभन्दा धेरै मानिसलाई बचाउने प्रयास गरिरहेकाे बताएकाे छ ।

गत बिहीबार मध्यरातितिर उक्त भवन ढलेको थियो । भवन किन ढल्यो अझैसम्म पनि पत्ता लाग्न सकेको छैन ।

उद्धारकर्मी घटनास्थलमा ठुला-ठुला मेसिन, ड्राेन र तालिमप्राप्त कुकुरकाे सहायताले मानिसकाे खाेजी गरिरहेका छन् । 

दुर्घटनामा परी बेपत्ता हुनेहरूमा इजरायल र ल्याटिन अमेरिकाका मानिस पनि रहेका छन् । उद्धार गरिएका मानिसलाई हाेटलमा खानपिन र बसाेबासकाे व्यवस्था गरिएकाे छ । 

Leave A Reply

Your email address will not be published.