पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

0

काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्तिका लागि गरेको सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको छ ।

मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध सर्वाेच्चमा परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु/नगराउनु भनि अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले यसअघि राजदूतमा सिफारिस हुने व्यक्तिको योग्यता सम्बन्धी मापदण्ड परिर्वतन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो । सोही आदेशको आधारमा सर्वोच्चले यस्तो आदेश गरेको हो । अधिवक्ता दिपकविक्रम मिश्रको निवेदनमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

Leave A Reply

Your email address will not be published.