गण्डकीमा कार्यविभाजन : खड्कालाई सामाजिक विकास, अधिकारीलाई स्वास्थ्य मन्त्रालय

0

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिशमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले कार्यविभाजन गरेकी छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीको सिफारिशमा कार्यविभाजन गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्यविभाजनमा मुख्यमन्त्री पोखरेलसँग अर्थ, उर्जा, जलस्रोत तथा खानेपानी, कानून, प्रदेश सभा मामिला, सञ्चार तथा प्रदेश सभा, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था, युवा तथा खेलकुद र वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय रहेका छन् ।

त्यस्तै, कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । मधुमाया अधिकारी गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।

खड्का नेपाली कांग्रेसबाट मन्त्री भएका हुन भने गुरुङ माओवादी केन्द्रको सिफारिसमा मन्त्री भएका हुन् ।

२९ जेठमै मन्त्री नियुक्त भएका दीपक मनाङ्गे र हरिशरण आचार्यले भने कुनै जिम्मेवारी पाएका छैनन् । मन्त्रालय बाँडफाँडमा सहमति हुन नसकेपछि उनीहरू बिनाविभागीय नै रहेका छन् ।

Leave A Reply

Your email address will not be published.