काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै लम्ब्याउने तयारी

0

काठमाडौं : कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार सकिँदैछ ।

निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी छलफल भइरहे पनि सार्वजनिक यातायात भने खोल्न नदिइने भएको छ । कोरोना संक्रमण जुन अवस्थामा घट्छ भन्ने अपेक्षा गरिएको थियो त्यो अवस्थामा नघटेकाले निषेधाज्ञालाई जारी राखिने बताइएको छ । निषेधाज्ञाबारे निर्णय गर्न आइतबार उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नु अगाडि जिल्लास्तरीय कोभिड नियन्त्रण समितिको बैठक बसेर संक्रमणको विश्लेषण गर्ने छ ।

सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने बताइसकेको छ । निजी सवारी साधनहरू गत सातादेखि नै जोर बिजोर प्रणालीअनुसार सञ्चालन भइरहेका छन् भने कपडालगायत पसल पनि बारअनुसार खोल्न दिइएको छ ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

Leave A Reply

Your email address will not be published.