जातीय विभेदका प्रश्नमा प्रधानमन्त्रीको मौनता गम्भीर : कांग्रेस

0

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ?’ भन्दै प्रश्न गरेको छ ।

रूपा सुनारलाई जातीय भेदभावको आरोप लागेकी आरोपितको पक्ष लिँदै हिरासतमुक्त गराई सरकारकै झन्डावाल गाडीमा घर पुर्‍याइदिने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका भूमिकाबारे कांग्रेसले प्रश्न उठाएको हो ।

जातीय विभेदबारे मन्त्रीको व्यवहार र त्यसप्रति प्रधानमन्त्रीको मौनताले गम्भीर प्रश्न उठाएको पनि कांग्रेसको भनाइ छ । ‘हालैको एक घटनामा तपाईंको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता शर्माले शुक्रबार प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउँदै समय र संसार बदलिए पनि हाम्रा कैयन सोच, व्यवहार र समाज अपेक्षित गतिमा नबदलिएको बताएका छन् ।

‘दशक लामो हिंसाको अन्त्य गर्न हामी समर्थ भयौं तर दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य भएको छैन । नयाँ संविधान निर्माण गर्न हामी समर्थ भयौं, तर संविधान अनुरुप न्याय र समानताको संस्कार निर्माण गर्न सफलता प्राप्त भएको छैन’, शर्माले भनेका छन्, ‘यस्तो परिस्थितिमा देश बन्ने÷बनाउने परिभाषाभित्र सामाजिक रुपान्तरणको प्रश्नलाई गहन आत्मसात गर्दै नविन राष्ट्रिय विमर्श थालनी गर्न अत्यावश्यक भएको छ । हालैको एक घटनामा तपाईंको मन्त्रिमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ ।’ 

May be an image of text
May be an image of text
Leave A Reply

Your email address will not be published.