असार २२ गतेबाट भेरोसेल खोपको दोस्रो डोज लगाइँदै

0

काठमाडौं : सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई कम्तिमा कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप दिने लक्ष्य राखेको छ ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले असोज मसान्तसम्म कम्तिमा ३३ प्रतिशत जनसंख्यालाई पहिलो मात्रा खोप दिइसक्ने बताएका हुन् ।

उनले लक्षित जनसंख्यालाई सके दुबैमात्रा नसके पहिलो मात्रा मात्रै खोप दिन सकेमा मात्र कारोना सक्रमण नियन्त्रणमा सहयोग पुग्ने बताए ।

उनले यसका लागि १ करोड ५० लाख डोज आवश्यक पर्ने बताउँदैे आवश्यक खोपको अर्डर गरिएको जानकारी समेत जानकारी दिए ।

समयमै खोप उपलव्ध नहुँदा खोप अभियान सुरु भएको ५ महिनामा जम्मा २५ लाख ५६ हजार १ सय २९ जना अर्थात ८ दशमलब २ प्रतिशत जनसंख्याले पहिलो मात्रा र ७ लाख ४५ हजार ६ सय ७० अर्थात २ दशमलब ३ प्रतिशत जनसंख्या मात्रैले दुबै मात्रा खोप पाएका छन् ।

यसैबीच कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा खोप दिन लागेको हो ।

पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको हो ।

Leave A Reply

Your email address will not be published.