प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ जारी

0

काठमाडौं : दोस्रो पटक भएको संसद विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबार पनि जारी छ । बुधबारदेखि अधिवक्ताहरुलाई समय तोकेर मुद्दामा केन्द्रित बहस थालिएको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न तथा संसद विघटन बदर गर्न माग गरि १४६ सांसदका तर्फबाट दायर रिटमा निवेदकका तर्फबाट अधिवक्ताहरुले बहस गरिरहेका छन् ।

बिहीबार वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ, हरिहर दाहाल, दिनमणि पाखरेल, सुनिल पोखरेललगायतले बहस गर्दैछन् । उनीहरु प्रत्येकलाई एक–एक घण्टाको समय दिइएको छ ।

बुधबारको बहसमा निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले राष्ट्रपतिको भूमिकालाई लिएर गम्भीर प्रश्न खडा गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ जारीसेरिमोनियल हैसियतमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघनमा प्रधानमन्त्री केपी ओलीभन्दा बढि भूमिका खेलेको दाबी गर्दै उनको निर्णयलाई बदर गर्नुपर्ने जिकिर निवेदकतर्फका अधिवक्ताहरुले गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.