मन्त्रीहरुको जिम्मेवारी हेरफेर, विष्णु पौडेललाई अर्थ र गृहसहित चार मन्त्रालयको जिम्मेवारी

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । 

नयाँ जिम्मेवारी अनुसार गृह मन्त्रालयको जिम्मा अर्थमन्त्री विष्णु पौडेलले पाएका छन् । पौडेलले अर्थसँगै गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र उर्जा मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

यस्तै कानुन मन्त्री लीलानाथ श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले श्रम रोजगार र स्वास्थ्य मन्त्रालय, वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका छन् ।

सञ्चार तथा सूचना प्रविधि, खानेपानी कृषि तथा पशुपन्छी विकास, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्तकुमार नेम्वाङले पाएका छन् ।

रक्षा र परराष्ट्र मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

Leave A Reply

Your email address will not be published.