इथियोपियामा हवाइ हमला, ६० जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

0

एजेन्सी : इथियोपियाको टिग्रे क्षेत्रमा सरकारी हवाइ हमलामा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

टिग्रे क्षेत्रमा रहेको एउटा बजारमा सरकारी हवाइ फौजले आक्रमण गर्दा अन्य ४० जना बढी व्यक्ति घाइते भएका छन् ।

मिकाइलीको एउटा प्रमुख अस्पतालका चिकित्सकले बीबीसीलाई कम्तीमा ६० जना मारिएको र ४० जनाभन्दा बढी घाइते भएको बताएका छन् । उक्त सङ्ख्या अझ बढ्नसक्ने ठानिएको छ ।

इथियोपियाको सेनाले गैरसैनिकहरूलाई निशाना नबनाएको दाबी गर्दै आतंकवादीहरूलाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसीआरसीले आफूले घाइते व्यक्तिहरूको उद्धारमा सघाएको जनाएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले इथियोपियाको सरकारलाई हवाइ हमलाका विवरणबारे अनुसन्धान गर्न भनेको छ ।

इथियोपियामा करिब आठ महिनाअघि द्वन्द्व शुरु भएयता हजारौँ व्यक्तिले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन् ।

Leave A Reply

Your email address will not be published.