‘देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ’

0

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि पुनः संसद विघटनको मुद्दामा नियमित सुनुवाइ शुरु भएको छ । बुधबारको सुनुवाइमा रिट निवेदक तर्फका अधिवक्ता खम्ब बहादुर खातीले बहसको शुरुवात गरेका छन् । 

कांग्रेस सभापति शेर बहादुर देउवाको तर्फबाट बहसमा उत्रिएका अधिवक्ता खातीले संवैधानिक इजलासले परमादेश मार्फत देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिनुपर्ने तर्क गरेका छन् । 

१४९ जनाको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेको अवस्थामा उनलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने खातीको तर्क छ । 

त्यस्तै अधिवक्ता बद्री बहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता नभएको तर्क गरेका छन् । संविधानको धारा ७६ को उपधारा ४ अनुसार विश्वासको मत लिन नसकेको प्रधानमन्त्री ओलीले उपधारा ५ अनुसार दाबी गर्दा नैतिकता नदेखिएको उनको तर्क छ । 

प्रधानमन्त्री विकल्प दिने र देशलाई संकटबाट निकाल्ने भन्दा विकल्प खडा हुन नदिने र अवरोध खडा गरेर देशलाई संवैधानिक संकटतर्फ धकेल्ने मनसायले सक्रिय रहेको उनको तर्क छ । 

Leave A Reply

Your email address will not be published.