जातका आधारमा डेरा नदिएको आरोपमा थुनिएकी प्रधानलाई छुटाउन शिक्षामन्त्री नै पुगे

0

काठमाडौं : जातीय विभेद तथा छुआछुतको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान बुधबार रिहा भएकी छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले गरेको अनुसन्धान अपूरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको हो ।

प्रधानलाई लिन नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ स्वयं महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पुगेका थिए ।

प्रधानलाई लिन शिक्षा मन्त्री श्रेष्ठ प्रहरी चौकी पुग्दा प्रधानको पक्षमा ठूलो भीड उपस्थित भएको थियो । उनीहरुले जातकै आधारमार कोठा भाडामा नदिएको भनी उजुरी दिएकी रूपा सुनारविरूद्ध नाराबाजी समेत गरेका थिए ।

यता मन्त्री जस्तो जिम्मेवार पदमा बसेकाले झन्डावाला गाडीमा राखेर प्रधानलाई उनको घरसम्म पुर्‍याइदिएको विषय अहिले थप चर्चाको विषय बनेको छ ।

के थियो घटना ?

इमेज टेलिभिजन च्यानलमा कार्यरत तनहुँकी रुपा कोठा भाडामा लिन भन्दै सरस्वती प्रधानको मा पुगेकी थिइन । दुवै जनाबीच सोहार्दपुर्ण वातावरणमै कुरा भएको थियो ।

कुराकानीको क्रममा रुपा स्वयंले आफु कामीकी छोरी भएको बताएपछि सरस्वतीले हामी घर सल्लाह गरेर जवाफ दिन्छौं भनेर रुपालाई पठाइन् र पछि फोन गरेर आफु रुपालाई घर भाडामा दिन नसक्ने जवाफ दिएको भन्दै एउटा भिडियो सामाजिल सञ्जालमा पोष्ट गरिन् ।

रुपाले यही विषयलाई लिएर उजुरी दिइन र प्रहरीले जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा सरस्वतीलाई पक्राउ गर्‍यो । सरस्वती र रुपाबीचको यो विवाद अहिले चर्चाको विषय बनेको छ ।

सामाजिक सञ्जालमा सरस्वती र रुपा दुवैको समर्थन र विरोधमा तर्क भइरहेको छ । रुपालाई समर्थन गर्नेहरुले यस घटनालाई जातीय विभेद भन्दै सरस्वतीलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

अर्कातिर सरस्वतीको समर्थन गर्नेहरुले घटना सुनियोजित ढंगले गराइएको आरोप लगाएका छन् । एउटा घरबेटीलाई उ कसलाई भाडामा दिने कसलाई नदिने अधिकार छ भन्ने तर्क धेरैले गरेका छन् ।

Leave A Reply

Your email address will not be published.