लगानी बोर्डद्वारा ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत

0

काठमाडौं : लगानी बोर्डले विभिन्न परियोजनामा गरी ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी ओलीको अध्यक्षतामा मंगलबार बसेको ४७औं बैठकले उक्त लगानी स्वीकृत गरेको हो ।

बैठकले अनुमानित लागत ६३ अर्ब बढी रहेको माथिल्लो तमोर जलविद्युत् परियोजना र अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख रहेको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् परियोजना गरी दुईवटा परियोजनाको करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको बोर्डले जनाएको छ ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले ऊर्जासम्बन्धी परियोजनाको विकास गर्दा ऊर्जाको उत्पादन सँगसँगै प्रसारण प्रणालीसमेतको निर्माण कार्य अगाडि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।

Leave A Reply

Your email address will not be published.