एमालेमा लागेका स्थानीय जनप्रतिनिधिहरुलाई निष्काशन गर्ने माओवादी केन्द्रको निर्णय

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले दल बदल गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्काशन गरेको छ ।

नेकपा माओवादी केन्द्रको सोमबार भर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको हो ।

०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेकाहरु नेकपा एकीकरणमा अदालतले तगारो लगाईदिएपछि एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि छन् ।

यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो । सोही अधिकार अनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा उनीहरुमाथि कारबाही गरेको जानकारी दिएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नगरेको भन्दै दल त्यागको सूचना जारी गर्न आनाकानी गर्दै आएको थियो ।

माओवादी नेता देव गुरुङले दल बदल गरेकाहरुलाई कारबाही गर्ने यसअघि कै निर्णयलाइ आज बसेर्को केन्द्रीय समितिबाट अनुमोदन गरि निर्वाचन आयोगलाई ताकेता गर्ने निर्णय भएको बताए ।

पार्टीबाट हटाइएका नेताहरुको बारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै आइतबार माओवादी केन्द्रका नेताहरुले आयोग पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

माओवादी केन्द्रबाट निश्काशित स्थानीय जनप्रतिनिधिहरु यी हुन् :

१) प्रमुख : रिनाकुमारी साह, मौलापुर नगरपालिका रौतहट
२) प्रमुख : शिवराम कुसुवाह, कटरिया नगरपालिका, रौतटह
३) उपप्रमुख : कर्निया देवी, देवाही कुर्नाही नगरपालिका रौतहट
४) उपप्रमुख : गौरीशंकर प्रसाद जयसवाल, मौलापुर नगरपालिका रौतहट
५) उपप्रमुख : शान्ति देवी,फतुवा विजयपुर नगरपालिका रौतहट
६) उपप्रमुख : विमल साह, माधव नारायण नगरपालिका रौतहट
७) उपाध्यक्ष : गितादेवी साह, यमुनामाई गाउँपालिका रौतहट
८) नगर कार्यपालिका सदस्य : सतहीलाल दास , लाहान नगरपालिका, सिराह
९) वडा अध्यक्ष : सुरेश कुमार थापा, चम्पादेवी गाउपालिका १, ओखलढुंगा
१०) अध्यक्ष : शेख थारु,सम्सी गाउपालिका महोत्तरी
११) उपप्रमुख : छायाँ देवकोटा, भजनी नगरपालिका कैलाली
१२) वडा अध्यक्ष : भागिरथी विष्ट, गौरीगन्जा नगरपालिका ४, कैलाली
१३) वडा अध्यक्ष : परमानन्द भटट, गोदावरी नगरपालिका १ कैलाली
१४) वडा अध्यक्ष : पुरन विसि, वर्धगोरिया नगरपालिका ४ कैलाली

Leave A Reply

Your email address will not be published.