पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

0

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । विष्टको आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण निधन भएको हो ।

कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा विष्ट भर्ना भएका थिए । विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको थियो ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट संविधान सभा सदस्य हुन् । दुई दशकभन्दा बढी कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

उनी २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिष्टको निधनको खबरले आफू दुःखी भएको उल्लेख गरेका छन् । विष्ट एक निष्ठावान नेता भएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनले पार्टीलाई अपूरणीय क्षति भएको भन्दै ट्वीट गरेका छन् ।

Leave A Reply

Your email address will not be published.