काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी

0

काठमाडौँ : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी गरिएको छ । निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्दैछ । 

बैठकमा निषेधाज्ञा थप गर्ने र कुन-कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुनेछ । 

अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म र निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएकामा बढाउने कि यथावत राख्ने भन्नेमा पनि छलफल हुनेछ । 

जोर बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिने विषयमा छलफल भए पनि निर्णय भइसकेको छैन । 

Leave A Reply

Your email address will not be published.