इरानको राष्ट्रपतिमा इब्राहिम रइसी निर्वाचित

0

एजेन्सी : इरानको नयाँ राष्ट्रपतिमा कट्टरपन्थी नेता इब्राहिम रइसी निर्वाचित भएका छन् । उनी ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

राष्ट्रपतीय निर्वाचनमा उनले आफ्ना तीन प्रतिद्वन्द्वीलाई पछि पारेका छन् । अहिले रइसी इरानका प्रधानन्यायाधीश हुन् र उनी अतिरूढिवादी विचार राख्छन् । अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ । उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न थिए ।

इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ । 

सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रइसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाएका थिए । रइसी आफूलाई भ्रष्टाचारविरुद्धको अभियन्ता र इरानको आर्थिक समस्या समाधान गर्ने नेतृत्वको रुपमा चिनाउँछन् ।

रइसीले अगष्ट महिनाको पहिलो साता कार्यभार सम्हाल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.