सभापतिमा फेरि उठ्छु, सहयोग गर्नुस् : देउवा

0

काठमाडौं : नेपाली कांग्रेसको १४ ‌औं महाधिवेशन कार्यतालिका संशाेधन भएसँगै कांग्रेसभित्र नेतृत्वकाे विषयमा बहस शुरु भएकाे छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूपक्षीय केन्द्रीय सदस्यहरुसँग छलफल थालेका छन् । सभापति देउवाले शनिबार प्रदेश-१ का आफू पक्षीय केन्द्रीय सदस्यलाई आफ्नै निवास बुढानिलकण्ठ बाेलाएर छलफल गरेका हुन् ।

आफू सभापतिमा उठ्ने जानकारी गराउँदै देउवाले नेताहरुलाई सहयाेग गर्न आग्रह गरे । आफ्नै नेतृत्वमा पार्टीलाई ठूलाे र सुद‍‍ृढ पार्टी बनाउने समेत देउवाले बताए । पहिला साेचेअनुसार काम नभएकाे स्वीकार्दै देउवाले पार्टीमा आफूले गर्नु पर्ने थुप्रै काम बाँकी रहेका समेत नेताहरुसँग बताए ।

सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै छलफल गर्ने तयारी गरेका देउवाले सुरुमा प्रदेश १ का केन्द्रीय सदस्यसँग छलफल गरेका हाुन । छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, भिष्मराज आङ्दम्बे, सीता गुरुङ, डिला संग्रौलालगायत नेता उपस्थित भएका थिए ।

महाधिवेशन तयारी लगायत विषयमा पनि देउवाले नेताहरुसँग छलफल गरेका थिए । संशाेधित कार्यतालिका अनुसार कांग्रेस महाधिवेश भदौ १६ देखि १९ गतेसम्मका लागि तय भएकाे छ ।

Leave A Reply

Your email address will not be published.