म्यानमारको सेनालाई हतियार नबेच्ने प्रस्ताव संयुक्त राष्ट्रसंघ महासभामा पारित

0

एजेन्सी : संयुक्त राष्ट्रसंघले म्यानमारका सेनालाई हतियार बिक्री नगर्न अरु देशलाई आग्रह गरेको छ ।

गत फेब्रुअरी भएको सैन्य कु पछि संकटमा रहेको म्यानमारलाई हरियार बिक्री गर्न नहुने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै सो दुर्लभ अपिल गरिएको हो । 

संकल्प प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभामा राखिएको थियो । महासभामा सैन्य नेतृत्व जुन्ता शासनको निन्दा गरिएको थियो । आङ साङ सूची सहितका राजनीतिक बन्दीको रिहाइ गर्न र प्रदर्शनकारीमाथिको दमन र हिंसा रोक्न माग गरिएको छ । 

महासभामा म्यानमारका लागि संयुक्त राष्ट्रसंघमा प्रतिनिधि क्रिस्टीन श्रानर बर्गनरले म्यानमार गृहयुद्धको ठूलो खतरा रहेका बताएका थिए । उनले  त्यहाँ सैन्य शासकलाई परास्त गरी प्रजातन्त्र स्थापना गर्न सम्भावना पनि क्षण हुँदै गएको दाबी उनको थियो । प्रस्ताव पारित हुँदैमा यो बाध्यकारी नभए पनि यसो ठूलो राजनीतिक महत्व रहेको बर्गनरले बताएका छन्।

म्यानमारको सैन्य शासकलाई हतियार बिक्री नगर्ने प्रस्तावको पक्षमा ११९ देशले मतदान गरेका थिए । म्यानमारलाई सबैभन्दा धेरैे हतियार विक्रि गर्ने रुस, चीन लगायत ३६ देश सभामा सहभागी थिएनन् । एक बेलारुसले मात्रै यस प्रस्तावको विपक्षमा मतदान गरेको बिबिसीले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.