एनआरएनए युएई क्षेत्रीय अध्यक्ष र उपाध्यक्षको पुनर्बहाली

0

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) युएई , क्षेत्रीय समिती युएईका अध्यक्ष तथा उपाध्यक्षमाथिको निलम्बन फुकुवा भएको छ । संघका अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्री माथिको कारबाही फुकुवा भएको र उनीहरु दुबैलाई पुनर्बहाली गरिएको संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

पुनर्बहाली पछि उनीहरुले साबिककै पदमा जिम्मेवारि पाउनेछन । यसअघि अध्यक्ष मल्ल र उपाध्यक्ष खत्रीले संस्थालाई हानी पुर्याएको आशंका सहित अनुसन्धानका लागि पदबाट निलम्बन गरिएको थियो । तर उनीहरुले आरोप झुट्टा भएको र पुर्बाग्रह राखेर कार्यबाही गरिएको बताउदै आएका थिए ।


तर, १२ जुन २०२१ मा बसेको संघको कार्यसमिती बैठकले क्षेत्रीय समितीका अध्यक्ष मल्ल र उपाध्यक्ष खत्रीले संस्थालाई कुनै पनि हानी हुने काम नभएको निष्कर्ष निकाल्दै सोही पदमा पुनर्बहाली गरेको हो ।

एनआरएनए युएईको बिज्ञप्ती ..

Leave A Reply

Your email address will not be published.