सिन्धुपाल्चोक बाढी अपडेट : ७ जनाको मृत्यु

0

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढीमा परी सात जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढीरोले व्यापक क्षति पुर्‍याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् ।

सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

मेलम्चीमा पानीको बहाव नघटेको उनले बताएका छन् । मेलम्चीको बहाव वस्तीतिर पसेमा थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.