झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै

0

काठमाडौं : एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारको लागि नयाँ दिल्ली लैजाने तयारी भएको छ ।

उनलाई नेपाल वायुसेवाको उडानबाट एपोलो अस्पताल लैजान लागिएको हो ।

खनालको फोक्सोमा पानी भरिएको देखिएको छ । अघिल्लो महिना उनलाई कोरोना संक्रमण भएको थियो ।

अहिले फोक्सोमा पानी भरिनुलाई पोष्ट कोभिड समस्या भनिएको छ । त्यसका लागि नर्भिक अस्पतालका चिकित्सकहरुले एण्टीबायोटिक औषधि दिएका छन् ।

तर उलाई ११ दिनदेखि ज्वरो पनि आएको छ । ज्वरो आउनुको कारण भने पत्ता लागेको छैन । नेता खनाल केही आत्तिएका कारण नयाँ दिल्ली लैजान लागिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.