इजरायलले गाजामा फेरि गर्‍यो हमला

0

एजेन्सी : इजरायलले पुनः गाजामा हवाइ हमला गरेको छ । विद्रोही समूह हमासले इजरायलको क्षेत्रमा बेलुन खसालेर आगलागी गराएको र त्यसको जवाफमा हवाई हमला गरेको इजरायलले जनाएको छ ।

बुधबार बिहान इजरायल डिफेन्स फोर्स(आइडिएफ) ले गाजा सहरमा खान युनुस र हमासको क्षेत्रमा निशाना बनाइ हमला गरेको बताएको छ । 

आइडिएफले जारी गरेको बयानमा भनेको छ, ‘त्यो क्षेत्रमा आतंकवादी गतिविधि चलिरहेको थियो । गाजापट्टीको आतंकवादी गतिविधिलाई मध्यनजर गर्दै आइडिएफ युद्ध गर्न पनि तयार रहेको छ ।’

अहिलेसम्म हवाइ हमलाले नोक्सान पुर्‍याएकाे बारेमा केही जानकारी मिलेको छैन ।

मे २१ मा इजरायल र गाजाबीच युद्धविराम भएको थियो । इजरायल र गाजाबीच संघर्ष हुँदा २५६ प्यालेस्टाइनी र १२ इजरायलीको ज्यान गएको थियो ।

Leave A Reply

Your email address will not be published.