आजदेखि उपत्यकाको निषधाज्ञ केही खुकुलो

0

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि आजदेखि एक हप्ता थपिएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले गरेको निर्णयअनुसार निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।

थप भएको निषेधाज्ञा समयमा यसअघिभन्दा केही सहज बनाइएको छ । आदेशअनुसार खाद्य पसल खोल्न पाइने समय बढाइएको छ भने पुस्तक र हार्डवेयर पसल पनि तोकिएको समयमा खोल्न पाइनेछ ।

खाद्यान्न पसल, डिपार्टमेन्ट स्टोर, फलफूल पसल, पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ भने हार्डवेयर पसल अपराह्न ४ बजेदेखि खोल्न पाइने आदेशमा उल्लेख छ ।

यस्तै होटल, रेस्टुरेन्टले अब ‘टेक अवे’ सेवा सुरु गर्न पाउने भएका छन् ।

Leave A Reply

Your email address will not be published.