चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति नेटोको चेतावनी

0

एजेन्सी : चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति ब्रसेल्समा भेला भएका नेटोका नेताहरुले चेतावनी दिएका छन् । चीनले आफ्ना गतिविधिबाट गम्भीर सैन्य चुनौति प्रस्तुत गरेको भन्दै नेटोका नेताहरुले चेतावनी दिएका हुन् ।

उनीहरूले चीनले द्रुत ढङ्गले आफ्नो परमाणु क्षमता विस्तार गरिरहेको, सैन्य आधुनिकीकरणबारे अपारदर्शी हिसाबले निर्णय गरिरहेको र रुससँग सैन्य सहकार्य गरिरहेको आरोप लगाएका छन् ।

नेटोका जेन्स स्टोल्टेनबर्गले चीन सैन्य तथा प्राविधिक शर्तहरुमा नेटो नजिक आएको भन्दै चेतावनी दिएका छन् । तर नेटो चीनसँग नयाँ शित युद्धको पक्षमा नरहेको बताए ।

नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशहरुबिचको सैन्य तथा राजनीतिक सहकार्यको संगठन हो ।

कम्युनिष्ट शासनको बिस्तार रोक्नका लागि दोस्रो विश्व युद्धपछि नेटोको स्थापना भएको हो । पछिल्ला वर्षहरुमा नेटोका नेताहरु बिचमै संगठनको उद्देश्य र कोषको स्रोतलाई लिएर विवाद भएको छ ।

Leave A Reply

Your email address will not be published.