गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाश शर्माले दिए यस्तो सुझाव

0

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई खुला पत्र पठाउँदै सुझाव दिएका छन् । 

कांग्रेसबाट पहिलो मुख्यमन्त्री बनेका पोखरेललाई चुनौती पनि आएकाले प्रदेशलाई सकेसम्म राम्रो बनाउन भनेका हुन् । शर्माले मुख्यमन्त्रीलाई सोचेर बोल्न र विज्ञका कुरा सुनेर सही निर्णय लिन पनि भनेका छन् ।

सरकार सम्हालेलगत्तै पहिलो क्याबिनेट बैठकबाट पूर्व मुख्यमन्त्रीलाई पूर्व प्रधानमन्त्री जस्तै सुविधा दिने प्रस्ताव अघि बढाएपछि विवादमा परेका पोखरेललाई प्रवक्ता शर्माले सचेत गरेका हुन् । 

‘सोचेर बोल्नुस्, विज्ञका कुरा सुनेर सही निर्णय गर्नु होला’, उनले भनेका छन्, ‘समय संवेदनशील छ । राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्छ । आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ । त्यसैले छायाको होइन ऐनाको सुझाव लिनुहोस् ।’

उनले नयाँ बजेट निर्माणमा कोभिड पीडितहरुलाई ख्याल गर्न पनि भनेका छन् । ‘अक्सिजन सकिएर पोखराको अस्पतालमा जीवन गुमाएकी सुत्केरी अनि खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई बजेट निर्माण गरिरहँदा सम्झनु नै हुनेछ’, उनले भनेका छन्, ‘यतिबेलाको शासकीय जिम्मेवारी, राजनीतिक दायित्व अनि कर्तव्य र बाटो बुझ्न भिन्न दुई परिवारका यी दुई अनुहार पर्याप्त छन् ।’

Image
Leave A Reply

Your email address will not be published.