जसपाको दुवै पक्षको कारबाही पार्टीको विधानसम्मत देखिएन : निर्वाचन आयोग

0

काठमाडौँ  : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुबै पक्षको कारबाही कानून अनुसार नभएको बताएको छ । आइतबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।  

उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्काशन गरेको थियो भने महन्थ ठाकुरले उपेन्द्र यादवलाई निस्काशन गरेको थियो ।

तर एकअर्कालाई कारबाही गरेको निर्णय पार्टीको विधानसम्मत नदेखिएको आयाेगकाे निष्कर्ष छ । आयोले अध्यक्षलाई हटाउँदा माथिल्लो कमिटीले पारित गर्नुपर्ने भएपनि त्यसअनुसार नभएकोले विधानअनुसार नभएको बताएको हो । पार्टीको विधानअनुसार कारबाहीको निर्णयलाई अद्यावधिक गर्न नमिलेको आयोगले जनाएको छ ।

‘तथ्य, आधार कारण र कानुनी व्यवस्थासमेतको आधारमा जनता समाजवादी पार्टी, नेपालको अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष ठाकुर कार्यकारिणी समितिका सदस्यहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरी अद्यावधिकका लागि अनुरोध आएकोमा माग बमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिक गर्न मिलेन राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २५ को उपनियम (६०) बमोजिम सो दलको पदाधिकारीको विवरण साविककै कायम रहेकोले प्रस्तुत निर्णयको जानकारी दलका दुवै अध्यक्षलाई दिने’ आयोगको निर्णयमा भनिएको छ । 

Leave A Reply

Your email address will not be published.