काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप्ने निर्णय, यी क्षेत्र भयो खुकुलो

0

काठमाडौं : काठमाडौं उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । आइतबार उपत्यकाका तीनवटा जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको छ । अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अलनाइन हाेम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।

शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताए । उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ ।

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयमा कुराकानी नभएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.