मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

0

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् ।

मंगलबारको प्रदेशसभा बैठकमा उनको पक्षमा ३० र विपक्षमा ९ मत परेको हो । १२ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस भने तटस्थ बसेको हो ।

सुदूरपश्चिम प्रदेशसभामा ५२ जना सदस्य छन् । विश्वासको मत लिने क्रममा ५१ जना प्रदेशसभा सदस्यको उपस्थिती थियो । भट्टलाई विश्वासको मतका लागि २७ मत मात्र आवश्यक भए पनि मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षले मत दिएपछि बहुमत पाएका हुन् ।

कांग्रेसले उनको सरकार ढल्न नदिने बताए पनि पक्ष–विपक्षमा मतदान गरेन् । प्रदेश सभामा माओवादी केन्द्रका १३ जना सांसद छन् ।

यता मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षले पार्टीका नेतालाई निर्देशन दिए पनि एमालेका २४ मध्ये १७ जनाले भट्टलाई मत दिए । ती १७ जना नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसद हुन् ।

नेपाल पक्षको दबदबा रहेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले आज बिहान बैठक गरेर भट्टलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.