जर्मनीद्वारा नेपाललाई ६२ वटा भेन्टिलेटरहितका स्वास्थ्य सामग्री सहयोग

0

काठमाडौं : जर्मनीले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । युरोपियन युनियन बृहत् प्याकेज अन्तरगत जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री मंगलबार हस्तान्तरण गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार ५ वटा आइसोलेसन सेन्टर टेन्ट, २० लाख ६८ हजार ५ सय केएन–९५ मास्क, १ सय १२ वटा भेन्टिलेटर, ४ सय वटा गम बुट, २९ हजार पल्स अक्सिमिटर, ३४ लाख, ३० हजार सर्जिकल मास्क र २५ हजार लिटर ह्यान्ड सेनिटाइजर जर्मनीले सहयोग गरेको छ ।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

Leave A Reply

Your email address will not be published.