जेठ ३ पूर्व कायम स्थायी कमिटी बैठक बोलाएर तत्काल छलफल गराैं : वामदेव गौतम

0

काठमाडौं : नेकपा एमालेका नेता बामदेव गौतमले पार्टी एकताका लागि मध्यमार्गी प्रस्ताव अघि सारेका छन् । उनले पार्टी एकता राष्ट्रिय अभियानको तर्फबाट २ जेठ २०७५ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाउने र पार्टीमा उत्पन्न विषयबारे छलफल गर्ने प्रस्ताव अघि सारेका हुन् ।

उनले पाँच बुँदे प्रेस विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको वक्तव्यलाई एकताका लागि इमान्दार प्रयत्न मान्न नसकिने भएपनि बुँदा नम्बर एकमा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने भनेको विषयलाई सकारात्मक भनेका छन् ।

ओलीले जारी गरेको वक्तव्यको बुँदा नम्बर १ मा रहेको एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको गौतमको ठहर छ ।

गौतमले छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा(एमाले) को दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न पनि अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.