चीनमा तीन वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति

0

एजेन्सी : चीनले ३ वर्षमाथिका बालबालिकालाई पनि कोरोना खोप लगाउने भएको छ । चीनको सिनोभ्याक खोप ३ वर्षदेखि १७ वर्षसम्म उमेरकालाई आपतकालीन प्रयोगका लागि अनुमति मिलेको हो । 

बालबालिकालाई पनि खोप लगाउन अनुमति मिलेको तर कुन उमेरबाट लगाउन सुरु गर्ने भन्ने बारे निर्णय नभइसकेको सिनोभ्याकका अध्यक्ष यिन वेदोङले बताएका छन् । 

चीनको सरकारी मिडिया ग्लोबल टाइम्ससँग कुरा गर्दै यिन वेदोङलले यस्तो बताएका हुन् । उनले दुई चरणको परीक्षणका क्रममा यो उमेर समूहमा पनि वयस्कमा जत्तिकै खोप प्रभावकारी देखिएको दावी गरेका छन् । 

चीनले उत्पादन गरेको दोस्रो कोरोना खोप सिनोभ्याकलाई जुन १ मा मात्रै विश्व स्वास्थ्य संगठनले प्रयोगको अनुमति दिएको थियो । 

Leave A Reply

Your email address will not be published.