इजरायली प्रधानमन्त्री नेतन्याहू संकटमा : गठबन्धन सरकार बनाउन विपक्षी दल सहमत

0

एजेन्सी : इजरायलका प्रधानमन्त्रीका रुपमा बेन्जमिन नेतन्याहूको १२ वर्षे शासनकाल अन्त्य हुने भएको छ । इजरायलका विपक्षी दलहरु गठबन्धन सरकार बनाउनका लागि सहमत भएसँगै नेतन्याहूको शासनकाल अन्त्य हुने भएको हो ।

इजरायलको मध्यमार्गी पार्टी यश अतित पार्टीका नेता यायर लेपिडले गठबन्धनको घोषणा गरेका हुन् ।

रोलक्रममा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सहमति अनुसार पहिले दक्षिपन्थी पार्टीहरुको गठबन्धन यामिनाका नेता नाफ्ताली बेनेटको नेतृत्वमा सरकार गठन हुनेछ । उनी सन् २०२३ को अगस्टसम्म प्रधानमन्त्री रहने छन् । उनी न्यू राइट पार्टीका नेता हुन् । त्यसपछि लेपिड प्रधानमन्त्री बन्ने छन् ।

गठबन्धनमा सहमति बने पनि नयाँ सरकारले शपथ लिनका लागि संसदमा मत लिनु पर्ने हुन्छ ।

लेपिडले जारी गरेको वक्तव्यमा सहमतिबारे राष्ट्रपति रेउवेन रिभ्लिनलाई जानकारी गराएको उल्लेख गरेका छन् । नयाँ सरकारले सबै इजरायली नागरिकको हितमा काम गर्ने पनि उनले बताएका छन् ।

नयाँ सरकारले विपक्षीलाई पनि सम्मान गर्ने उनले उल्लेख गरेका छन् । लेपिड, बेनेट र अरब इस्लामिस्ट राम पार्टीका नेता मन्सुर अब्बासले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.