चिनियाँ खोप सिनोभ्याकलाई डब्लुएचओको अनुमति

0

एजेन्सी : चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको सिनोभ्याकको खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लेआक्समिक प्रयोगको अनुमति दिएको छ ।

डब्लुएचओले स्वीकृति प्राप्त गरेको यो दोस्रो चिनियाँ खोप हो । यसअघि डब्लुएचओले चीनले विकास गरेको सिनोफार्म खोपलाई पनि प्रयोगको अनुमति प्रदान गरेको छ ।

डब्लुएचओले प्रमाणिकरण गर्नु पूर्व नै सिनोभ्याक विश्वका विभिन्न देशमा प्रयोग हुँदै आएको छ । 

विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्न पाउने छ।

खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ भने दुई देखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनु पर्ने डब्लुएचओले जनाएको छ ।

डब्लुएचओले सुरक्षा, प्रभावकारिता तथा उत्पादन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड सिनोभ्याकले पूरा गरेको जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.