केही खुकुलो पार्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिँदै, खाद्यान्न पसल खोलिने

0

काठमाडौं : काठमाडौं उपत्यकामा केही खुकुलो पार्दै निषेधाज्ञा अवधि थप गरिने भएको छ । यसबारे निर्णय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार जेठ महिनाभरि निषेधाज्ञा जारी राख्ने र खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान १० बजे सम्म खोल्न दिने विषयमा छलफल भइरहेको छ ।

तर आधिकारिक निर्णयचाहिँ आजको बैठकपछि नै सार्वजनिक गरिने उनले बताए । भट्टराईका अनुसार रातिको समयमा सामान ओसार्न दिने र कर्मचारीलाई कार्यस्थल मै राखेर विकास निर्माणका काम अघि बढाउन दिने विषयमा पनि छलफल भइरहेको छ ।

सवारी साधनलाई भने अहिले जस्तै पूर्णतया रोक लगाउने भट्टराइले जानकारी दिए । यसअघि तोकिएको निषेधाज्ञाको अवधि भोलि मध्यरातिबाट सकिँदै छ । प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार निषेधाज्ञा अरू १० दिन अर्थात् जेठ महिनाभर थपिने सम्भावना छ ।

Leave A Reply

Your email address will not be published.