नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष पूरा

0

काठमाडौं : नारायणहिटी दरबार हत्याकाण्डको आज २० वर्ष पूरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते शुक्रबार राती राजा विरेन्द्रको पुरै वंश नै सखाप हुनेगरी भएको त्यो हत्याकाण्ड अझै रहस्यमय छ ।

२० वर्ष अगाडि आजकै दिन राजा विरेन्द्रको वंश नास हुनेगरी भएको दरबार हत्याकाण्ड नेपालको ईतिहासकै एक कालो दिन हो । तत्कालीन राजा विरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र लगाएत राजपरिवारका १० जनाको हत्या भएको उक्त घटना अझै पनि रहस्यमय छ ।

नेपाली जनताका निकै लोकप्रिय, शालीन, भद्र र सबैलाई राम्रो व्यवहार गर्ने राजा विरेन्द्र त्यो कालो दिनबाट एउटा ईतिहास बनेर अस्ताए । सबै नेपालीको मनमा बस्न सफल प्रिय राजा विरेन्द्रको मृत्युको त्यो खबरले आम नेपालीको मनमा लागेको गहिरो चोट अझै निको हुन सकेको छैन ।

त्यस दिनको घटनापछि उनका सहोदर भाइ ज्ञानेन्द्रले केही वर्ष राजगद्धि सम्हालेका थिए । तर उनी पनि आफ्नो दाइको वंश नै सखाप हुने गरी भएको त्यो घटनाको सत्य तथ्य खोजी गर्ने तर्फ लागेनन् ।

नेपाली राजनीतिको हरेक मोडमा प्रधानमन्त्री भएका वा सत्ता सम्हालेका धेरैले दरबार हत्याकाण्डको विषयमा पुनः छानविन हुनुपर्ने भन्दै कुरा उठाए । तर यो विषय उनीहरुको भाषणमा मात्र सीमित भएर हरायो ।

विद्रोही र विपक्षीलाई पपनि भलो चाहाने र देश र जनता प्रति सधैं मान राख्ने राजा विरेन्द्र र उनको परिवारको हत्याले नेपालमा गणतन्त्रको विजारोपण गरेको धेरैले बताउँदै आएका छन् ।

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्याधिश केशव प्रसाद उपाध्याको नेतृत्वमा सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय समितिले तत्कालीन युवराज दिपेन्द्रले राजा, रानीसहित आफु र अन्य सात जनाको हत्या गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजानिक गरेको थियो । तर यो तथ्यलाई अम नेपालीले भने पत्याउन सकेका छैनन् ।

Leave A Reply

Your email address will not be published.