जसपामा कारबाहीको होडबाजी : ठाकुर र यादव पक्षद्वारा एक अर्कालाई कारबाही

0

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)मा कारबाहीको होडबाजी चलेको छ । जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एकले अर्को पक्षलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

पार्टीको कार्यकारीणी समितिको बहुमत सदस्यको बैठकको निर्णय भन्दै अध्यक्ष उपेन्द्र यादव समुहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्काशन गरेलगतै महन्थ ठाकुरा पक्षले पनि उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको हो ।

सो लगतै बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्काशन गरेको हो । दुबै पक्षले गरेको निर्णय निर्वाचन आयोगमा बुझाउने बताएका छन् ।

यसअघि दुवै पक्षले एक अर्कोलाई स्पष्टिकरण सोधेका थिए । योसँगै वर्तमान केपी ओलीको पक्ष र विपक्षी गठनबन्धनको पक्षमा देखिएको जसपा विभाजनको संघारमा पुगेको छ ।

यादव समूहले पार्टीको नीतिविपरीत केपी ओली सरकारलाई साथ दिनुका साथै राष्ट्रपति कार्यालय, निर्वाचन आयोगलगायतलाई पत्र पठाएको आरोप लगाएको छ ।

यादव समूह हाल संसद विघटनको विरुद्धमा उत्रिदै विपक्षी नेपाली कांग्रेसलगायतका दलको गठबन्धनलाई साथ दिएको छ । तर ठाकुर समूहले ओलीले संसद विघटन गर्दै घोषणा गरेको निर्वाचनलाई स्वागत गरेको छ ।

Leave A Reply

Your email address will not be published.