विवेकशील साझाका नेता उज्वल थापाको निधन

0

काठमाडौं : विवेकशील साझा पार्टीका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ ।

मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा उनको निधन भएको हो ।

कोरोना संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि मेडिसिटी ल्याएर इक्मो प्रविधिबाट उपचार गरिएको थियो ।

थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो ।

करिब एक दशकदेखि राजनीतिमा संलग्न रहँदै आएका थापा विरामी परेपछि सामाजिक संजालमार्फत शुभेच्छा राख्नेहरुको घुइँचो लागेको थियो ।

उनको पार्टीले पहिले विवेकशील नेपाली दलका रूपमा र पछि विवेकशील साझा पार्टीका रूपमा चुनावमा भाग लिएको थियो ।

उनले एउटा वैकल्पिक र सुसंस्कृत राजनीतिक पार्टी निर्माण हुनुपर्छ भनी विवेकशील नेपाली दल स्थापना गरेका थिए । उनको पार्टीको अधिकांश युवाहरु आकर्षित भएका थिए ।

कोरोना संक्रमित भएर दुई सातादेखि उपचार गराइरहेका थापाका लागि २४ घन्टामा ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको थियो ।

उनलाई चिकित्सकहरूको सल्लाहमा भेन्टिलेटरभन्दा अत्याधुनिक उपचार आवश्यक देखिएपछि त्यसका लागि आर्थिक सहायता माग गर्दा उक्त रकम संकलन भएको हो ।

Leave A Reply

Your email address will not be published.