नेपालमा थप ६ हजार ८५ जनामा कोरोना संक्रमण

0

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १ सय ४७ पीसीआर परीक्षणमा ५ हजार २ सय ८५ जना र ३ हजार १८ एन्टिजेन परीक्षणमा ८ सय जना गरी ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबारको संक्रमणदर ३०.१७ प्रतिशत देखिएको छ । नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख चार हजार ७ सय ८९ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८ सय ९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ रहेको छ ।

मंगलबार कोरोना संक्रमणबाट ६८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.