वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिने

0

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

सर्वोच्च अदालत बारका प्रतिनिधिसँग मंगलबार भएको भेटमा राणाले त्यसका लागि आफूले सर्वोच्च अदालतको कार्यसञ्चालन नियमावली परिवर्तन गर्ने जानकारी दिएका हुन् ।

सर्वोच्च बारका पदाधिकारीले संवैधानिक इजलास विवादरहित ढंगले सञ्चालन गर्न प्रधानन्यायाधीश राणालाई सुझाव दिएका थिए । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यका अनुसार प्रधानन्यायाधीश राणाले एकसातभित्र सर्वोच्च अदालतको कार्यसञ्चालन नियमावली परिमार्जन गरेर वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने प्रतिवद्धता जनाएका छन् ।

एक साताभित्र संशोधनको प्रस्ताव ल्याइ पूर्ण इजलासबाट निर्णय गराएर न्याय परिषद्बाट पास गर्ने समझदारी बनेको शाक्यले बताए ।

संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने वकिलहरूले अडान लिएपछि यसबारे इजलासमा चर्को विवाद भएको थियो । सोही विवाद निरुपण गर्न राणाले सर्वोच्च बारसँग परामर्श गरेका हुन् ।

प्रधानन्यायधीश राणाले आफुसहित दोश्रो वरियातामा रहेका न्यायधीश दिपक कार्की, सातौ वरियाताका आनन्दमोह भट्टराई, ११ औं वरियाताका तेजबहादुर केसी र १२ औं वरियाताका बमकुमार श्रेष्ठ सम्मिलित संवैधानिक इजलास गठन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.