समस्या कालो कोटमा होइन कालो सोचमा छ : विश्वप्रकाश शर्मा

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशमाथि गरेको टिप्पणीको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जवाफ दिएका छन् ।

सोमबार युवा संघको कार्यक्रममा ओली कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन हैसियतमा पु¥याउँदैछन् भन्ने टिप्पणी गरेपछि शर्माले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको जवाफ दिएका हुन् ।

संसद विघटनविरुद्धको मुद्दा न्यायिक निरुपणका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका छ । प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएकोमा ओलीले आपत्ति जनाएका थिए ।

‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ,’ शर्माले ट्वीटरमा लेखेका छन् ।

No description available.
Leave A Reply

Your email address will not be published.