दुई न्यायाधीशले संवैधानिक इजलास छाडेपछि २३ गतेसम्मका लागि सुनुवाइ स्थगित

0

काठमाडौं : प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासका दुई वरिष्ठतम न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिएका छन् ।

दुई न्यायाधीश बाहिरिएसँगै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।

कार्की र भट्टराईले इजलासबाट बाहिरिने निर्णय सुनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले २३ गते वरिष्ठताका आधारमा इजलास गठन गर्ने आदेश सुनाए ।

इजलासमा नेकपा विभाजनसम्मन्धी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसी समावेश भएको भनेर रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएका थिए । 

तर, मंगलबार दुवै न्यायाधीशले त्यो मुद्दाको प्रतिनिधिसभा विघटनसँग सम्मबन्ध नभएको भन्दै इजलासबाट अलग हुन अस्वीकार गरेका थिए । त्यसलगत्तै इजलासका सदस्यहरु दिपक कार्की रआनन्दमोहन भट्टलाईले त्यसमा असहमति व्यक्त गर्दै इजलास छोडेका थिए ।

मंगलबारको इजलासमा आदेश सुनाउँदै वरिष्ठतम न्यायाधीश कार्कीले भने, ‘इजलासको यही संरचनाबाट अगाडि बढ्दा न्यायिक निष्पक्षता कायम रहन्छ भन्नेमा ढुक्क हुने अवस्था नरहेकोले इजलासबाट अलग हुने जानकारी गराएका छौं ।’

Leave A Reply

Your email address will not be published.