सरकारले भारतसँग जीटुजी माध्यमबाट मल खरिदका लागि प्रक्रिया अघि बढाउने

0

काठमाडौं : सरकारले रासयनिक मल अभाव हुन नदिन यस वर्ष भारतसँग सरकारी तहमै मल खरिदका लागि प्रक्रिया अघि बढाउने भएको छ ।

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकमा भारतसँग जीटुजी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने गरी प्रस्ताव गएको छ ।

प्रधानमन्त्रीले अघिल्ला वर्षमा जस्तो मल अभावले किसानको गुनासो सुन्न आफू तयार नरहेको भन्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताइएको छ ।

भारतसँग सरकारी तहमै सम्झौता गरेर मल खरिद गर्ने प्रक्रिया तत्कालै थाल्ने गरी मन्त्रिपरिषदबाट प्रस्ताव अघि बढेको बताइएको छ । कृषि मन्त्री पद्मा अर्यालले मल अभाव हुन नदिन समयमै प्रस्ताव लगेका कारण यस वर्ष विगतको वर्षको जस्तो समस्या नहुने सरकारको दाबी छ ।

Leave A Reply

Your email address will not be published.