डब्लुएचओद्वारा नयाँ भेरियन्टहरुको नामाकरण

0

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसका नयाँ भेरियन्टहरूको नामाकरण गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरू निस्कन थालेपछि डब्लूएचओले तीनको नामाकरण गर्ने प्रणालीको घोषणा गरेको हो ।

जसअनुसार यूके भेरियन्टलाई अल्फा, दक्षीण अफ्रिकी भेरियन्टलाई बिटा अनि भारतीय भेरियन्टलाई डेल्टा नामाकरण गरिएको बीबीसीले जनाएको छ ।

डब्लूएचओले भारतमा भेटिएको B.1.617.2 भेरियन्टलाई ‘डेल्टा’ र अर्को भेरियन्ट B.1.617.1 लाई ‘कप्पा’ नाम दिइएको छ । 

नेपालमा पनि उक्त भेरियन्टहरु फेला परेको छ । अब नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने हुन्छ ।

कोरोना भाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण गरिएको बीबीसीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.