सरकारले बजेटमार्फत जनता प्रभावित पार्ने दुरासय राख्यो : कांग्रेस

0

काठमाडौं : नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत जनता प्रभावित पार्ने दुरासय राखेको आरोप लगाएको छ । 

सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले सरकारले संसद छलेर ल्याएको बजेटले जनमत प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

सरकारले देखिने मूर्त, ठोस उपलब्धी बिना नै ऋण भार बढाएको कांग्रेसको ठहर रहेको कांग्रेस नेता मिनेन्द्र रिजालले बताए । मौजुदा सरकारले कार्यकाल शुरु गर्दा ८ अर्ब ऋण रहेकोमा अहिले बढेर झण्डै १६ सय अर्ब पुगेको बताएको छ ।

कांग्रेसले सरकारले बजेटमा कुनै नयाँ कार्यक्रम नसमेटेको बताएको छ । सरकारले हचुवाका भरमा केही कार्यक्रम शुरु गरेको र त्यसले दीर्घकालीन रूपमा प्रभाव नपार्नेसमेत कांग्रेसले निष्कर्ष निकालेको नेता रिजाले बताए । कोरोनाबाट अर्थतन्त्र उकास्न कुनै योजना अघि नसारेकोमा कांग्रेसले असन्तुष्टि जनाएको छ ।

Leave A Reply

Your email address will not be published.