एमाले र जसपा विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्‍यो : पर्यटनमन्त्री ढकाल

0

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जनता समाजावदी पार्टी विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् ।

सोमवार संचारकर्मीसंग कुरा गर्दै मन्त्री ढकालले नेकपा एमाले र जसपालाई विभाजन गराउने मनशायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताए । उनले दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैर लोकतान्त्रिक भन्दै कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोप समेत लगाए ।

मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्नु नहुने भन्दै देशमा बहुदलीय शासन प्रणाली विद्यमान भएको अवस्थामा निर्दलीय आचरण अनुरुपको राजनीति गर्न खोज्नु प्रतिगमन भएको बताए ।

मन्त्री ढकालले अहिले राजनीति खिचातानीमा ताजा जनादेशमा जानुको विकल्प नभएको बताए । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शि र भयरहित निर्वाचन गराउन तयार रहेको स्पष्ट पारे ।

Leave A Reply

Your email address will not be published.